मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता गराउन ओलीसँग प्रचण्डको आग्रह
काठमाडौं, असोज २६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि लगाइएको अविश्वासको प्रस्ताव फिर्ता लिन...
काठमाडौं, असोज २६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि लगाइएको अविश्वासको प्रस्ताव फिर्ता लिने वातावरण बनाउन अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।
अहिलेको समयमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव राख्नु गलत भएको उल्लेख गर्दै यसलाई नरोके अन्य प्रदेशमा पनि गलत सन्देश जाने भन्दै फिर्ता गराउन आग्रह गरेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान अध्यक्ष ओली र दाहालबीचको छलफलमा कर्णाली प्रदेश नेकपाका सांसदहरुले आइतबार राखेको अविश्वासको विषयमा छलफल भएको थियो।
अध्यक्ष दाहालले कर्णाली प्रदेशमा देखिएको समस्या समाधान नगरे एकतामा आँच पुग्ने अध्यक्ष ओलीलाई बताएका थिए।
अविश्वासको प्रस्तावमा नेकपाका कुल ३३ सांसद मध्ये १८ जनाले हस्ताक्षर गरेका छन्।




-1791956922.jpg)




-1791956922.jpg)

