छोराको अन्तिम संस्कारका लागि बेलायतबाट आएका बृद्धको कोरोनाबाट मृत्यु
धरान, असोज २६ : होम आइसोलेसनमा बसेका एक जना कोरोना भाइरस संक्रमित बृद्धको मृत्यु भएको छ।सुनसरीको धरान उपमहानगरपालिका १५ का ७० वर्षीय बृद्धको...
धरान, असोज २६ : होम आइसोलेसनमा बसेका धरानका एक जना कोरोना भाइरस संक्रमित बृद्धको मृत्यु भएको छ।
सुनसरीको धरान उपमहानगरपालिका १५ का ७० वर्षीय बृद्धको होम आइसोलेसनमा मृत्यु भएको हो। उनको आज बिहान घरमै मृत्यु भएको उपमहानगरपालिकाले जनाएको छ।
धरान उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार बृद्ध बेलायत जाने तयारीमा थिए। त्यसका लागि एक साताअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गरेका थिए। परीक्षणमा कोरोना संक्रमण देखिएको थियो।
छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेका थिए। उनका छाेराकाे गत महिना मृत्यु भएकाे थियाे।
बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा भीड भएका कारण उनलाई घरमै राखिएको थियो। घरमै रहेका वेला आज बिहान मृत्यु भएको हो।
उनको शव सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेको उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताए।




-1791956922.jpg)




-1791956922.jpg)

