Kathmandu Press

धरानमा होम आइसोलेशनमा बसेका वृद्धको मृत्यु

धरान, असोज २६ : धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेशनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ। करीब ७० वर्षीय उनको...
धरानमा होम आइसोलेशनमा बसेका वृद्धको मृत्यु

धरान, असोज २६ : धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेशनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ। करीब ७० वर्षीय उनको आज बिहान घरमा नै मृत्यु भएको हो।

उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए।

छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका थिए।  बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा  भीड भएका कारण उनलाई घरमै राखिएको थियो। उनको शव सेनाको टोलीबाट शव व्यवस्थापन हुन लागेको छ।

धरानमा सोमबार एक पत्रकारसहित ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: १७:२० बजे, सोमबार, असोज २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्