काभ्रेमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो
काभ्रे, असोज २६ : काभ्रेमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार एक पुगेको छ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार संक्रमितमध्ये ३६३ महिला र ६३८ पुरुष...
काभ्रे, असोज २६ : काभ्रेमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार एक पुगेको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार संक्रमितमध्ये ३६३ महिला र ६३८ पुरुष रहेका छन्। अहिले सक्रिय संक्रमितको संख्या तीन सय ९९ रहेको छ। जसमा १५० महिला र २४९ पुरुष छन्।
अहिलेसम्म कोरोना संक्रमणबाट नौ जनाको मृत्यु भएको छ। कोरोनाबाट ज्यान गुमाउनेमा पाँच पुरुष र चार महिला छन्।
अहिलेसम्म पाँच सय ९३ जना निको भएका छन्। अधिकांश संक्रमित ४५ वर्ष नाघेका रहेको जनाएको छ।
काभ्रेमा पछिल्लो केही दिनदेखि दैनिक सरदर ३० को संख्यामा संक्रमित थपिदै गएको छ। आइतबार ४३ जनामा कोरोना सङ्क्रमण देखियो भने शनिबार १८, शुक्रबार ४३ तथा बिहीबार २३ जनामा सङ्क्रमण देखिएको छ।
प्रकाशित मिति: १६:४० बजे, सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1791956922.jpg)






