सुनसरीका ८९ वर्षीय बृद्ध र ३७ वर्षीय युवकको काेराेना संक्रमणबाट मृत्यु
धरान, असोज २६ : कोरोना भाइरसको संक्रमणबाट धरान र विराटनगरमा दुई जनाको मृत्यु भएको छ।धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना...
धरान, असोज २६ : कोरोना भाइरसको संक्रमणबाट सुनसरीका दुई जनाकाे धरान र विराटनगरमा मृत्यु भएको छ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना बृद्धको मृत्यु भएको छ। सुनसरीको धरान–२ का ८९ वर्षीय बृद्धको गएराति ११ बजे मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. आशिष श्रेष्ठले बताए। उनी उच्च रक्तचापबाट पीडित रहेको श्रेष्ठले बताए।
स्वास्थ्यमा समस्या भएपछि उनी असोज २३ गते प्रतिष्ठानमा भर्ना भएका थिए। उपचारका क्रममा कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो।
त्यस्तै, विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एक युवकको मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्रका ३७ वर्षीय युवकको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
उनलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्यमा समस्या भएपछि आइतबार साँझ ६ः२५ बजे नोबेल कलेजमा भर्ना भएका थिए भने गएराति कोभिड अस्पतालको आइसोलेसनमा राखिएको थियो।
उनी मिर्गौलाको समस्याबाट पीडित थिए। उपचारका क्रममा आज बिहान ६ः५० बजे मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले बताए।




-1791956922.jpg)




-1791956922.jpg)

