बुटवलमा ७९ वर्षीय बृद्धको कोरोना संक्रमणबाट मृत्यु
बुटवल, असोज २६ : कोरोना भाइरसको संक्रमणबाट बुुटवलस्थित कोरोना अस्पतालमा एक बृद्धको मृत्यु भएको छ।बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत ७९ वर्षीय बृद्धको आज...
बुटवल, असोज २६ : कोरोना भाइरसको संक्रमणबाट बुुटवलस्थित कोरोना अस्पतालमा एक बृद्धको मृत्यु भएको छ।
बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत ७९ वर्षीय बृद्धको आज बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले बताए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
उनलाई असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि असोज २० गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए।
देवदह नगरपालिका १० का बृद्धको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी गौतमले बताए।
उनलाई दम, मधुमेह र उच्च रक्तचापको समस्या थियो। योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्युहुनेको सङ्ख्या ४० पुगेको छ।
प्रकाशित मिति: १५:२७ बजे, सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1791956922.jpg)




-1791956922.jpg)

