Kathmandu Press

चितवनमा थप ५५ जनामा कोरोना संक्रमण 

काठमाडौं, असोज २६ : चितवनमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको २३५ जनाको स्वाब...
चितवनमा थप ५५ जनामा कोरोना संक्रमण 

काठमाडौं, असोज २६ : चितवनमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको २३५ जनाको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४६ जना चितवनका हुन् भने बाँकी ९ जना चितवन बाहिरका छन् । संक्रमित हुनेहरू ६ वर्षीय बालकदेखि ७१ वर्षका वृद्धसम्म रहेका छन् ।

भरतपुर अस्पतालले आइतबार राति सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका १८ पुरूष र १६ महिलामा संक्रमण पुष्टि भएको हो । यस्तै राप्तिका १ पुरूष, खैरहनीका ३ पुरूष, रत्ननगरका १ पुरूष र ५ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै पर्साका ६ पुरूष, मकवानपुर र तनुहँका १/१ पुरूष र सर्लाहीकी एक महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: १३:२५ बजे, सोमबार, असोज २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्