Kathmandu Press

त्रिविका स्थगित परीक्षा मंसिर तेस्रो सातापछि हुने

काठमाडौं, असोज २६ : त्रिभुवन विश्वविद्यालयका स्थगित स्नातक तथा स्नातकोत्तर तहका परीक्षा मङ्सिर तेस्रो सातापछि हुने भएको छ ।विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयले...
त्रिविका स्थगित परीक्षा मंसिर तेस्रो सातापछि हुने

काठमाडौं, असोज २६ : त्रिभुवन विश्वविद्यालयका स्थगित स्नातक तथा स्नातकोत्तर तहका परीक्षा मङ्सिर तेस्रो सातापछि हुने भएको छ ।

विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयले एक सूचना जारी गर्दै सेमेस्टर प्रणालीअन्तर्गत स्थगित स्नातक र स्नातकोत्तर तहका परीक्षा मङ्सिर तेस्रो सातापछि सञ्चालन हुने जनाएको हो ।

परीक्षा तालिका सम्बन्धी विवरण पछि सार्वजनिक गरिने त्रिविले जनाएको छ । असोज ६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यसम्वन्धी मापदण्ड पालना गरी सबै तह र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो ।

सोही निर्णयको आधारमा त्रिविले परीक्षा तयारी थालेको हो ।

प्रकाशित मिति: १२:२७ बजे, सोमबार, असोज २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्