Kathmandu Press

नागरिक सम्वेदनशील नभए पुनः लकडाउन हुनसक्छ : सरकार

काठमाडौं, असोज २५ : नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको भन्दै सरकारले नागरिक सम्बेदशशिल नभए पुन लकडाउन गर्नेवाहेकाकाे विकल्प नरहेकाे बताएकाे छ। सरकारका प्रवक्ता...
नागरिक सम्वेदनशील नभए पुनः लकडाउन हुनसक्छ : सरकार

काठमाडौं, असोज २५ : नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको भन्दै सरकारले नागरिक सम्वेदनशील नभए पुन लकडाउन गर्नेवाहेकाकाे विकल्प नरहेकाे बताएकाे छ। 

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेपनि सरकारकाे आग्रहको अवज्ञा भए पुनः लकडाउन हुन सक्ने बताएका हुन्।

काठमाडौं उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखापर्न थालेको भन्दै उनले नागरिकहरूलाई सचेतना अपनाउन अपिल गरे। 

उनले संक्रमणको अवस्था जटिल बन्न नदिन चाडवाडको समयमा सचेत भएर सरकारलाई साथ दिन अनुरोध गरे। दसैँ, तिहार र छठजस्ता चाडपर्वहरूमा भिडभाड हुने र संक्रमण झन् बढ्ने खतरा हुने भन्दै उनले सचेत हुन सबैले ध्यान दिनुपर्ने बताए।

उनले कोरोना नियन्त्रणको लागि बाँकेको नरैनापुर, उदयपुर र वीरगन्जलगायतका क्षेत्रमा स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूले खेलेको भूमिकालाई आत्मसात् गर्दै कोरोना नियन्त्रणको असल अभ्यासहरू काठमाडौंमा लागू गर्न जरुरी रहेको बताए।

प्रकाशित मिति: ००:४९ बजे, सोमबार, असोज २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्