स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई भन्यो– सार्न मिल्ने अप्रेसन सारौं, अहिले कोरोना संक्रमितको उपचार गरौं
काठमाडौं, असोज २५ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई सार्न मिल्ने अप्रेसन सारेर अहिले कोरोना संक्रमितको उपचारमा जुट्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा....
काठमाडौं, असोज २५ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई सार्न मिल्ने अप्रेसन सारेर अहिले कोरोना संक्रमितको उपचारमा जुट्न आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पतालहरुलाई इमर्जेन्सी अप्रेसन बाहेकका अन्य अप्रेसन सारेर कोरोनाका बिरामीहरुको उपचारमा जुट्न आग्रह गरेका हुन्।
देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार भन्दा बढी भएकाले अस्पतालका सिमित स्रोत साधनले उपचार गर्न अप्ठ्यारो भएको, आइसियूको अभाव देखिएको गौतमको भनाइ छ। ‘काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढेको छ। देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार भन्दा बढी छ। यस्तो अवस्थामा अस्पतालका सिमित स्रोत र साधनले उपचार गर्न अप्ठ्यारो छ। आइसियूको अभाव देखिएको छ। भेन्टिलेटर अन्य बिरामीलाई पनि प्रयोग गरेकाले कोरोनाका बिरामीले पाउन पाउन मुस्किल छ,’ उनले भने, ‘सार्न मिल्ने अप्रेसन केही समय सार्न र इमर्जेन्सी अप्रेसन तुरुन्त गर्न आग्रह गर्दछु। सार्न मिल्ने अप्रेसनबाट खालिए भएका आइसियू र भेन्टिलेटर कोरोना विरामीलाई प्रयोग गर्न अनुरोध गर्दछु।’










-1791956922.jpg)
