कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु
काठमाडौं, असोज २५ : देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ पुरुष र ५ महिला...
काठमाडौं, असोज २५ : देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ पुरुष र ५ महिला रहेका छन्।
मृत्यु हुनेमा काठमाडौंको ५ जना रहेका छन्। त्यस्तै, चितवनका ४ जना, रुपन्देहीमा तीन पुरुष, भक्तपुरको जना, सुनसरीका दुईजनाको मृत्यु भएको छ।
त्यसैगरी धनकुटा र मकवानपुुरमा एक–एक जना, सर्लाही, ललितपुर, नुवाकोट र सिन्धपाल्चोकका एक–एक जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
योसहित कोरोना संक्रमणको कारण हालसम्म देशभर मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ।
प्रकाशित मिति: २२:३० बजे, आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791956922.jpg)
