काठमाडौं उपत्यकामा थप १४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि
संक्रमितमध्ये काठमाडौं जिल्लामा ११ सय ४५ जना, ललितपुरमा एक सय ६१ जना र भक्तपुरमा एक सय १० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं, असोज २५ : काठमाडौं उपत्यकामा आइतबार थप १४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये काठमाडौं जिल्लामा ११ सय ४५ जना, ललितपुरमा एक सय ६१ जना र भक्तपुरमा एक सय १० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर आज दुई हजार ७१ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १५ सय ५२ जना निको भएर डिस्चार्ज भएका छन्।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या एक लाख सात हजार सात सय ७५ पुगेको छ।
प्रकाशित मिति: २२:१५ बजे, आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1791956922.jpg)