Kathmandu Press

पूर्वराज्यमन्त्री कुँवर र चन्दननाथ नगरपालिका प्रमुख सेजुवाललाई कोरोना संक्रमण

जुम्ला, असोज २५ : चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल र नेकपा नेता गोमा कुँवरलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुको शुक्रबार स्वाब संकलन...
पूर्वराज्यमन्त्री कुँवर र चन्दननाथ नगरपालिका प्रमुख सेजुवाललाई कोरोना संक्रमण
Hardik ivf

जुम्ला, असोज २५ : चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल र नेकपा नेता गोमा कुँवरलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुको शुक्रबार स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गरिएको थियो।

पूर्वराज्यमन्त्री समेत रहेका कुँवरले भनिन्,‘उच्च ज्वरो आइ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो। सम्पर्कमा रहने सबैलाई सचेत रहन आग्रह गर्दछु।’

नगरप्रमुख सेजुवालले संक्रमण देखिए पनि अहिले कुनै पनि लक्षण नदेखिएको जानकारी दिए। यसअघि कर्णाली प्रदेश सांसद दिनवन्धु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, उद्योग वाणिज्य संघका अध्यक्ष रजवअली मनियार, क्षेत्रीय होटल व्यवसायी संघका दिलबहादुर महत, शिक्षिक भगवती श्रेष्ठ, नेकपा युवा नेता जीवन बढ्थापा, हातोमालो निर्देशक टेक रावतलाई संक्रमण भएको थियो। उनीहरु सबै जना कोरोनाबाट मुक्त भइसकेका छन्।

प्रकाशित मिति: २१:०६ बजे, आइतबार, असोज २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्