Kathmandu Press

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं, असोज २५ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध आफ्नै दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन्। आइतबार दिउँसो नेकपामा १८...
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं, असोज २५ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध आफ्नै दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन्। 

आइतबार दिउँसो नेकपामा १८ जना सांसदले मुख्यमन्त्री शाहीविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएको सांसद यमलाल कँडेलले जानकारी दिए।

शाही पूर्वमाओवादीबाट मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्रीका दाबेदार रहेका पूर्वएमाले नेता यमलाल कँडेल र मुख्यमन्त्री शाहीबीच सुरूदेखि नै खटपट भइरहेको थियो। ‘प्रदेशसभाको आदीभन्दा बढी कार्यकालभरी अपेक्षित नतिजा दिन नसकेपछि उहाँलाई हटाउन यसको विकल्प हामी सामू रहेन,’ कँडेलले काठमाडौंप्रेससँग भने।

अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरूले नेकपा संसदीय दलका नेता मुख्यमन्त्री शाहीको सरकारले प्रभावकारी काम गर्न नसकेकाले जनस्तरमा पार्टीको उपस्थिति फितलो भएको  आरोप लगाएका छन्। 

कर्णाली प्रदेश सभा नेकपामा ३३ जना सांसद छन्।

प्रकाशित मिति: २०:३४ बजे, आइतबार, असोज २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्