काेराेना संक्रमणकाे कारण सप्तरीमा थप एक महिलाकाे मृत्यु

काठमाडाैं, असाेज २५ : कोरोना संक्रमणको कारण सप्तरीमा थप एक जनाको मृत्यु भएको छ। डाक्नेश्वरी नगरपालिका ७ ब्रहमपुरकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो।
असोज २० गते गरिएको परीक्षणमा संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन्। उनमा ज्वारो तथा रुधाखोकीको समस्या देखिएको थियो।
स्वास्थ्यमा थप समस्या भएपछि आइतबार बिहान छिन्नमस्ता अस्पताल पुरयाउने बितिकै उनको मृत्यु भएको थियो।
योसहित सप्तरीमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २० पुगेको छ।
प्रकाशित मिति: १९:२८ बजे, आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791956922.jpg)
