Kathmandu Press

गण्डकी प्रदेशमा थप ६२ जनमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज २५ : गण्डकी प्रदेशमा आइतबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ७५३ पुगेको...
गण्डकी प्रदेशमा थप ६२ जनमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज २५ : गण्डकी प्रदेशमा आइतबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।

थपिनेमा बागलुङका ३६, कास्कीका २१  र लमजुङका पाँच जना रहेका छन्। सबै संक्रमितको आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति: १९:१७ बजे, आइतबार, असोज २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्