कोरोना संक्रमणको कारण भरतपुर महानगरपालिका २० का वडाध्यक्षको मृत्यु
काठमाडौं, असोज २५ : कोरोना संक्रमणबाट भरतपुर महानगरपालिका २० का वडाध्यक्ष को मृत्यु भएको छ। असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको अध्यक्ष मणिलाल...
काठमाडौं, असोज २५ : कोरोना संक्रमणबाट भरतपुर महानगरपालिका २० का वडाध्यक्ष को मृत्यु भएको छ।
असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको अध्यक्ष मणिलाल तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
६९ वर्षीय तामाङमा उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि आइसियूमा राखेर उपचार गरिँदै आएको थियो।
उपचारको क्रममा आइतबार बिहान ११ः३० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकातर्फबाट वडाध्यक्षमा निर्वाचित भएका तामाङ कोरोना संक्रमणको कारण चितवनमा मृत्यु हुने पहिलो जनप्रतिनिधि हुन्।
प्रकाशित मिति: १८:४३ बजे, आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791956922.jpg)
