सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौं असोज २५ : कोरोना संक्रमणको मारण कैलालीको धनगढीमा एक पुरुषको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका ३ का ५२ वर्षीय एक पुरुषको मृत्यु भएको...
काठमाडौं असोज २५ : कोरोना संक्रमणको कारण कैलालीको धनगढीमा एक पुरुषको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका ३ का ५२ वर्षीय एक पुरुषको मृत्यु भएको हो।
सेती प्रादेशिक अस्पतालमा परीक्षण गर्दा असोज २० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य भएको पुरुषमा एक्कासी श्वासप्रश्वासमा कठिनाई भई गत राति मृत्यु भएको अस्पतालले जनाएको छ।
योसहित सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ।
प्रकाशित मिति: १८:२९ बजे, आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791956922.jpg)
