सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं, असोज २५ : कोरोना संक्रमणको कारण सुर्खेतमा थप एक महिलाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका १०, की ६५ वर्षीया महिलाको सुर्खेतस्थित प्रादेशिक अस्पतालमा...
काठमाडौं, असोज २५ : कोरोना संक्रमणको कारण सुर्खेतमा थप एक महिलाको मृत्यु भएको छ।
वीरेन्द्रनगर नगरपालिका १०, की ६५ वर्षीया महिलाको सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई असोज २१ गते अस्पताल भर्ना गरिएको थियो। दम र अल्सरको बिरामी रहेकी महिलालाई पछिल्लो समय निमोनियासमेत देखिएको थियो।
योसहित कर्णाली प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ।
प्रकाशित मिति: १८:०३ बजे, आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791956922.jpg)
