कोरोना संक्रमणबाट विदेशमा रहेका थप १७ जना नेपालीको मृत्यु
काठमाडौं, असोज २५ : कोरोना संक्रमणको कारण विदेशमा रहेको थप १७ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार साउदी अरबमा १६ र...
काठमाडौं, असोज २५ : कोरोना संक्रमणको कारण विदेशमा रहेको थप १७ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार साउदी अरबमा १६ र युएईमा एकजनाको मृत्यु भएको हो।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा। संजीव सापकोटाले योसहित कोरोना संक्रमणको कारण ९ महिनाको अवधिमा विदेशमा रहेका २८१ जनाको मृत्यु भइसकेको छ। हालसम्म १८ देशमा रहेका २८१ जनाको मृत्यु भएको हो।
संघका अनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ४० हजार सात सय ३५ नेपालीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। त्यसमध्ये ३६ हजार ६ सय ७३ जना संक्रमणमुक्त भएका छन्।
प्रकाशित मिति: १७:१६ बजे, आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791956922.jpg)
