धुलिखेल अस्पताल र चितवन मेडिकल कलेजमा दुई कोरोना संक्रमितको मृत्यु
काठमाडौं, असोज २५ : चितवन मेडिकल कलेजमा एक र धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। भरतपुर महानगरपालिका १ निवासी ७५...
काठमाडौं, असोज २५ : चितवन मेडिकल कलेजमा एक र धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ।
भरतपुर महानगरपालिका १ निवासी ७५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो। उनमा असोज २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। दम, उच्च रक्तचाप र निमोनियाको समस्यादेखिएपछि उनी असोज २२ गते अस्पताल भर्ना भएकी थिइन्।
योसहित चितवनमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ।
त्यस्तै, धुलिखेल अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। जन्डिसको समस्या देखिएको ५२ वर्षीय पुरुषको विगत १० दिनदेखि धुलिखेल अस्पतालमाउपचार हुँदै आएको थियो।
योसहित काभ्रेमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ।
प्रकाशित मिति: १६:५९ बजे, आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791956922.jpg)
