चितवनमा कोरोनाबाट ७५ वर्षीया बृद्धाको मृत्यु
भरतपुर, असोज २५ : कोरोना भाइरसको संक्रमणबाट चितवनमा एक जना बृद्धाको मृत्यु भएको छ।आज बिहान भरतपुर महानगरपालिका १ की ७५ वर्षीया बृद्धाको चितवन...
भरतपुर, असोज २५ : कोरोना भाइरसको संक्रमणबाट चितवनमा एक जना बृद्धाको मृत्यु भएको छ।
आज बिहान भरतपुर महानगरपालिका १ की ७५ वर्षीया बृद्धाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। उनी दम, उच्च रक्तचाप र निमोनियाबाट पीडित थिइन्।
स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज २२ गते अस्पताल भर्ना भएकी थिइन्। असोज २३ गते कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो।
उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रममै आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ।
प्रकाशित मिति: १६:४८ बजे, आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791956922.jpg)
