Kathmandu Press

धरानमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

धरान, असोज २५ : कोरोना भाइरसको संक्रमणबाट धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जनाको मृत्यु भएको छ।कोरोना संक्रमित दुई जनाको आज बिहान...
धरानमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

धरान, असोज २५ : कोरोना भाइरसको संक्रमणबाट धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जनाको मृत्यु भएको छ।

कोरोना संक्रमित दुई जनाको आज बिहान र एक जनाको गएराति मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। सुनसरी र धनकुटाका दुई जनाको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए।

प्रतिष्ठानका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय बृद्धको उपचारका क्रममा आइतबार बिहान ज्यान गएको हो। उनी असोज १४ गते कोभिड अस्पताल भर्ना भएका थिए।

बृद्ध मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिए। उनको आइतबार बिहान ३ः५० बजे मृत्यु भएको सहप्रवक्ता डा. श्रेष्ठले बताए।

त्यस्तै, धनकुटाकी ६१ वर्षीया बृद्धाको पनि आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। उनी धनकुटा अस्पतालबाट रेफर भएर असोज १६ गते प्रतिष्ठानको कोभिड अस्पताल भर्ना भएकी थिइन्। उनको बिहान ६ः४० बजे मृत्यु भएको हो। उनी मधुमेहबाट पीडित थिइन्।

यसैगरि धरान–८ की एक महिलाको गएराति मृत्यु भएको हो। उनको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

 

प्रकाशित मिति: १६:३५ बजे, आइतबार, असोज २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्