Kathmandu Press

डा. गाेविन्द केसीले २८औं दिनमा तोडे अनशन

चिकित्सा सेवा सुधारको माग गर्दै अनशनरत डा.गोविन्द केसीले काेराेनाबाट निकाे भएका त्रिविका कर्मचारीकाे हातबाट जुस पिउदै आज अनशन तोडेका छन्।
डा. गाेविन्द केसीले २८औं दिनमा तोडे अनशन

काठमाडौं, असोज २५ : चिकित्सा सेवा सुधारको माग गर्दै २८ दिनदेखि अनशनरत डा.गोविन्द केसीले आज अनशन तोडेका छन्।

गएराति डा.केसी र सरकारबीच आठ बुँदे सहमति भएपछि आज उनले अनशन तोडेका हुन्। डा.केसीको १९औं अनशनको २७ दिनमा गएराति सरकार उनका माग सम्बोधन गर्न सहमत भएको थियो।

कोरोना संक्रमणपछि निको भएका त्रिवि शिक्षण अस्पतालका ४६ वर्षीय कर्मचारी विकास नेपालीले जुस खुवाएर डा. केसीको अनशन तोडाएका हुन्।

डा. केसी र सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा सचिव गोपीनाथ मैनालीले शनिबार राति आठ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। शनिबार दिउसो सरकार वार्ताबाट पछि हटेपनि राति भने वार्तामा आएको थियो।

यस्ताे थियाे डा. केसी र सरकारबीच भएकाे सहमति :

 

प्रकाशित मिति: १६:०७ बजे, आइतबार, असोज २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्