Kathmandu Press

डा.केसीसँग सरकारले सहमति गरेपछि चिकित्सक संघको आन्दोलन फिर्ता

काठमाडौं, असोज २६ : सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएपछि नेपाल चिकित्सक स‌ंघले आन्दोलन फिर्ता लिएको छ।आज बिहान संघका महासचिव...
डा.केसीसँग सरकारले सहमति गरेपछि चिकित्सक संघको आन्दोलन फिर्ता

काठमाडौं, असोज २५ : सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएपछि नेपाल चिकित्सक स‌ंघले आन्दोलन फिर्ता लिएको छ।

आज बिहान संघका महासचिव डा. वद्री रिजालले प्रेस विज्ञप्ति जारी गरि गएराति डा.केसी र सरकारबीच आठ बुँदे सहमति भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएका छन्।

सरकार डा.केसीसँगको वार्ताबाट पछि हटेपछि शनिबर संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो। जसमा कोभिड र आकस्मिकबाहेक अन्य सेवा बहिष्कार गर्ने घोषणा गरेको थियो।

गएराति सरकारले डा.केसीका माग सम्बोधन गर्दै सहमति गरेको हो। आठ बुँदे सहमति पछि आज डा.केसीले सत्याग्रह तोड्ने भएका छन्।

प्रकाशित मिति: १५:५५ बजे, आइतबार, असोज २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्