कोरोना संक्रमणबाट बुटवलमा तीन जना बृद्धको मृत्यु
बुटवल, असोज २६ : कोरोना भाइरसको संक्रमणबाट बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा तीन जनाको मृत्यु भएको छ।अस्पतालका अनुसार उनीहरुको गएराति उपचारका क्रममा मृत्यु भएको...
बुटवल, असोज २५ : कोरोना भाइरसको संक्रमणबाट बुटवलमा तीन जना बृद्धको मृत्यु भएको छ।
अस्पतालका अनुसार उनीहरुको गएराति उपचारका क्रममा मृत्यु भएको हो। गएराति २ बजे बुटवल ११ की ६१ वर्षीया बृद्धाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए। उनी असोज २१ गते कोरोना पुष्टि भएर कोरोना बिशेष अस्पतालमा भर्ना भएकी थिइन्।
त्यस्तै, बुटवलकै ७० वर्षीय वृद्धको उपचारका क्रममा गएराति १० बजे मृत्यु भएको छ। अस्पतालका प्रवक्तmा डा.गौतमका अनुसार उनी असोज २४ गते अस्पताल भर्ना भएका थिए। उनलाई असोज २२ गते कोरोना पुष्टि भएको थियो।
बुटवलकै ८४ वर्षीय वृद्धको आइसोलेसन बेड खोज्दाखोज्दै गएराति ज्यान गएको छ। कोरोना संक्रमित बृद्धलाई राख्न रुपन्देहीमा आइसोलेसन बेड मिलेको थिए।
यहाँका कुनै पनि अस्पतालमा आइसोलेसन बेड खाली नभएपछि दाङ लगिएको थियो। उनको बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।










-1791956922.jpg)
