गण्डकी प्रदेशमा तीन जिल्लामा थपिए ६२ जना कोरोना संक्रमित
काठमाडौं, असोज २५ : गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार ३ जिल्लामा ६२ जनामा...
काठमाडौं, असोज २५ : गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार ३ जिल्लामा ६२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २१ जना कास्कीका, ३६ जना बाग्लुङका र ५ जना लम्जुङका रहेका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।
बाग्लुङका संक्रमितमध्ये बाग्लुङ नगरपालिकाका २९ जना पुरुष र १ जना महिला गरि ३० जना नेपाल आर्मीमा, २ जना पुरुष नेपाल प्रहरीमा र १ जना पुरुष र १ जना महिला बाग्लुङ ईजलासमा कार्यरत, ३६ बर्षीय पुरुष जिल्ला प्रहरी कार्यालयका थुनुवा र वार्ड नं २ का ५६ बर्षीय पुरुष स्थानीय ब्यबसायी रहेका छन् ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४७५३ पुगेको छ ।

प्रकाशित मिति: १४:१६ बजे, आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791956922.jpg)
