Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या ७० लाख पुग्यो 

भारतमा कोरोना संक्रमितको संख्या ७० लाख पुग्यो 

काठमाडौं, असोज २५ : भारतमा थप ७४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७४ हजार ५३५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७० लाख ५१ हजार ५४३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६० लाख ७४ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६८ हजार ३०९ जनाको उपचाररत रहेका छन् ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ८ हजार ३७१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९२१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति: १२:५० बजे, आइतबार, असोज २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्