Kathmandu Press

आईपीएलमा बेंगलोरले चेन्नईलाई ३७ रनले हरायो 

काठमाडौं, असोज २५ : इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ। बेंग्लोरको यो चौथो...
आईपीएलमा बेंगलोरले चेन्नईलाई ३७ रनले हरायो 

काठमाडौं, असोज २५ : इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ। बेंग्लोरको यो चौथो जित हो भने चेन्नईको पाचौं हार हो।  

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ७० रनको लक्ष्य पच्छ्याएको चेन्नई २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रनमा समेटियो ।चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाए । यस्तै नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए ।

त्यसअघि दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो। बेंगलोरका कप्तान विराट कोहली सर्वाधिक ९० रनमा अविजित रहे। चेन्नईका शार्दुल ठाकुरले २ विकेट लिए। 

जितसँगै बैंगलोर तालिकाको चौंथो स्थानमा उक्लिएको छ । बैंगलोरले ६ खेलमा ८ अंक जोडेको छ । छैठौँ स्थानमा रहेको चेन्नईको ४ अंक छ । शनिवार नै सम्पन्न पहिलो खेलमा किंग्स इलेभन पन्जाबलाई कोलकत्ता नाइटराइडर्सले २ रनले हराएको थियो।  
 

प्रकाशित मिति: १२:४१ बजे, आइतबार, असोज २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्