आकस्मिक र कोभिड–१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने चिकित्सक संघको घोषणा
काठमाडौं, असोज २४ : नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड–१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने भएको छ। चिकित्सा शिक्षा सुधारको माग...
काठमाडौं, असोज २४ : नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड–१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने भएको छ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि आमरण अनशनमा बसिरहेका डा. गोविन्द केसीको समर्थनमा संघले असोज २५ (आइतबार) देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड–१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने घोषणा गरेको हो।
संघका महासचिव डा. बद्री रिजालले डा. केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएकाले आफूहरु आन्दोलित हुन बाध्य भएको बताए।
उनले भोलिसम्म पनि डा. केसीको अनशन तोडाउने पहल सरकारले नगरे आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने जानकारी दिए।
प्रकाशित मिति: ०२:१२ बजे, आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791956922.jpg)
