Kathmandu Press

पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण, भारतीय राजदूत क्वात्रा क्लोज कन्ट्याक्टमा

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ।
पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण, भारतीय राजदूत क्वात्रा क्लोज कन्ट्याक्टमा

काठमाडौं, असोज २४ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ। भट्टराईले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।  

भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएसँगै नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्रासमेत क्लोज कन्ट्याक्टमा परेका छन्। हिजो (शुक्रबार) मात्रै मन्त्री भट्टराई र राजदूत क्वात्राबीच भेट भएको थियो। पर्यटन मन्त्रालयलमा भएको भेटमा उनीहरुबीच दुई देशको हवाई, पर्यटन तथा संस्कृतिका बारेमा छलफल भएको थियो। 

शुक्रबार दिउँसो राजदूत क्वात्रासँग मन्त्रालयमै भेटेका मन्त्री भट्टराईलाई  साँझ ज्वरो आएपछि आज कोरोना परीक्षण गरिएको थियो। कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि  उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन भनेका छन्। 

‘गत सोमबार कोरोना परीक्षण गर्दा  रिपोर्ट नेगेटिभ आएको थियो। त्यसक्रममा काठमाडौं बाहिरका केही कार्यक्रममा सहभागी पनि भएँ। हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महसुस भयो। आज शनिबार पुन कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भर्खरै जानकारी पाएको छु,’ उनले भनेका छन्,‘हालसम्म पनि हल्का ज्वरोबाहेक अरु समस्या देखिएको छैन। केहिदिन यता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु। मेरा कारणले कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्राथी छु। होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो विकल्प छ र??’
 

प्रकाशित मिति: ०१:५४ बजे, आइतबार, असोज २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्