सुनसरीमा थप ३९४ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज २४ : सुनसरीमा थप ३९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार गरिएको परीक्षणमा सुनसरीमा थप ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थपिएका नयाँ संक्रमितमध्ये २३६ जना पुरुष र १५८ जना महिला रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ। संक्रमितमध्ये ७४ हजार २५२ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६१४ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार शनिबार कोरोनालाई जितेर १२२९ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: २२:३३ बजे, शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791956922.jpg)
