Kathmandu Press

एकैदिन थपिए ५००८ जना कोरोना संक्रमित  

नेपालमा थप ५००८  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
एकैदिन थपिए ५००८ जना कोरोना संक्रमित  

काठमाडौं, असोज २४ :  नेपालमा थप ५००८  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ५००८  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ लाख ५ हजार ६८४ पुगेको छ। संक्रमितमध्ये ७४ हजार २५२ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म  ६१४  जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार शनिबार कोरोनालाई जितेर १२२९ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:०१ बजे, शनिबार, असोज २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्