Kathmandu Press

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु 

पोखरा, असोज २४ : गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।कोरोना संक्रमणबाट स्याङ्जाको आँधिखोला–६ स्थायी ठेगाना भई हाल बुटवल बस्ने...
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु 
फाइल तस्वीर।

पोखरा, असोज २४ : गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट स्याङ्जाको आँधिखोला–६ स्थायी ठेगाना भई हाल बुटवल बस्ने ८१ वर्षीय वृद्धको गण्डकी मेडिकल कलेज पोखरामा  र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट–१ का ३६ वर्षीय पुरुषको कलेज अफ मेडिकल साइन्स चितवनमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो।

यसैबीच, शनिबार गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नयाँ थपिएका संक्रमितहरुमा बाग्लुङका ११, कास्कीका १०, तनहुँका ६, गोरखाका तीन र तनहुँका एक जना रहेको  प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए। 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ६४८ पुगेको छ।

प्रकाशित मिति: २१:१४ बजे, शनिबार, असोज २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्