Kathmandu Press

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं, असोज २४ :  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। आइतबारका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो। कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु...
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
कांग्रेस पार्टी कार्यालय।

काठमाडौं, असोज २४ :  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। 

आइतबारका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो। कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाई (खनुपरूदे प्रकाहा) को निधनका कारण कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

यसअघि असोज १९ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसहितका नेताहरुमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक असोज २५ गते दिउँसो दुई बजेका लागि बोलाइएको थियो।

यसअघि का‌ंग्रेसले पूर्वकोषाध्यक्ष प्रसाईको निधनको शोकमा असोज २४, २५ र २६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको थियो।

यस्तै, असोज २५ गते आइतबार केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने  र  १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राखिने कांग्रेसले जनाएको छ।

कांग्रेसका पूर्वकोषाध्यक्ष प्रसाईको शुक्रबार उपचारका क्रममा काठमाडौंको ॐ अस्पतालमा निधन भएको थियो। प्रसाईं  सन्त नेता कृष्णप्रसाद भट्टराई  कांग्रेसको सभापति हुँदा कोषाध्यक्ष थिए।
 

प्रकाशित मिति: १९:५१ बजे, शनिबार, असोज २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्