Kathmandu Press

जनप्रतिनिधि र कर्मचारीमा कोरोना पुष्टि भएपछि पाल्पाको निस्दी गाउँपालिका सिल

पाल्पा, असोज २४ :  पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।गाउँपालिकाका अध्यक्ष,...
जनप्रतिनिधि र कर्मचारीमा कोरोना पुष्टि भएपछि पाल्पाको निस्दी गाउँपालिका सिल

पाल्पा, असोज २४ :  पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।

गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा संक्रमण पुष्टि भएलगत्तै असोज २३ गते राति १२ बजेदेखि अगामी कात्तिक १ गते राति १२ बजेसम्मका लागि गाउँपालिका सिल पनि गरिएको हो।

गाउँपालिकाले ५० जनाको स्वाब संकलन गरी पाल्पा अस्पतालमा सञ्चालन गरिएको कोभिड–१९ प्रयोगशालामा पठाइएको थियो। तीमध्ये १० जनाको रिपोर्ट पोजेटिभ आएको हो। कोरोना  संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ।

प्रकाशित मिति: १७:४५ बजे, शनिबार, असोज २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्