Kathmandu Press

शेयर बजार बढ्दो प्रवृत्तिमा 

काठमाडाैं, वैशाख १५ : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २२ दशमलव ३९ अंकले वृद्धि भएर १३१४ दशमलव ५१ को विन्दुमा बन्द भएको छ।

....
शेयर बजार बढ्दो प्रवृत्तिमा 

काठमाडाैं, वैशाख १५ : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २२ दशमलव ३९ अंकले वृद्धि भएर १३१४ दशमलव ५१ को विन्दुमा बन्द भएको छ।

आज दोस्रो बजार परिसूचकमा १ दशमलव ७३ प्रतिशतको वृद्धि देखिएको छ। दोस्रो बजार १२९२ दशमलव १२ को विन्दुमा खुलेर १३२२ दशमलव ८८ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १२९२ दशमलव १२ थियो, जुन कारोबार खुलेको समयको थियो।  

आज दिनभरमा एक अर्ब ६७ करोड बराबरको शेयर किनबेच भएको छ। लगभग ८ सातादेखि बजार बढ्न सुरु भएदेखि समग्रमा दैनिक कारोबार रकममा पनि वृद्धि हुँदै गएको छ। यसरी बढ्दो बजारमा कारोबार रकम पनि बढेमा बजार सकारात्मक मानिन्छ।  

Hardik ivf

प्राविधिक विश्लेषण :

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

 
चित्र नं १, नेप्सेको दैनिक मैनबत्तीहरुको प्रवृत्ति हो। वैशाख १५ गते बजार १३१४ दशमलव ५१ विन्दुमा बन्द भएको छ। यो अघिल्लो कारोबार दिनभन्दा १ दशमलव ७३ प्रतिशतले वृद्धि हो। आज बुलिस मैनबत्ती आकृति बनेको छ। यसले बजारमा क्रेताको चाप रहेको देखिन्छ। आजको परिमाण अर्थात कारोबार रकमले बजारमा लगानीकर्ताहरुको  अत्याधिक चाप रहेको देखिएको छ।

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

 
चित्र नं.२, अघिल्लो कारोबार दिन र आज दिनभरको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिका मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार यदि बजार १३०० भन्दा माथि रहेमा बजार केही सकारात्मक हुन सक्ने भनिएको थियो। आज त्यही अनुरुप नेप्से परिसूचकले १३२२ दशमलव ८८ सम्मको  ‘इन्ट्राडे’ उच्च विन्दु बनाएको थियो। 

अन्तिम दुई कारोबार दिनको नेप्से प्रवृत्तिले बजार बढ्दो प्रवृत्तिमा रहेको संकेत गरेको छ। ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) भन्दा बजारको प्रवृत्ति माथि रहेकाले बजार सकारात्मक क्षेत्रमा रहेको देखिन्छ।  रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ४६ दशमलव ०९ अंकमा रहेपनि नेप्सेको प्रवृत्तिसँग ‘हिडन बुलिस डाइभर्जेन्स’ बनाएको देखिन्छ। यसले बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ। स्टोकास्टिक अक्सिलेटरले आजको कारोबारको अन्तिम समयमा शेयर बढी विक्री भएको संकेत गर्नुका साथै खरिदकर्ताको चाप हुन सक्ने संकेत गरेको देखिन्छ। 

निष्कर्ष : माथि उल्लेखित नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा यदि बजार १३२३ भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने संकेत गरेको छ। र, अर्को तत्कालीन प्रतिरोध १३४० देखि १३५० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, मनोवैज्ञानिक टेवा १३०० मा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:१८ बजे, आइतबार, वैशाख १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्