कर्मचारीमा कोरोना भेटिएपछि धनगढीमाई नगरपालिका सिल
लहान, असोज २४ : सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनका लागि नगरपालिकाको अत्यावश्यकबाहेक सम्पूर्ण सेवा...लहान, असोज २४ : सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनका लागि नगरपालिकाको अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र बाँकी कर्मचारीको पनि पिसिआर रिपोर्ट आउन बाँकी रहेकाले असोज २५ देखि ३० गतेसम्मका लागि अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरिएको जनाइएको छ।
नगरपालिकाका अधिकृत सावित्रीकुमारी साहुले सूचना प्रकाशित गरी पीसीआर परीक्षण गराएका बाँकी कर्मचारीको रिपोर्ट नआएसम्म संक्रमण फैलिने जोखिम रहेकाले अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको बताए।
कोरोना संक्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा आएका व्यक्तिमा पनि संक्रमण हुनसक्ने सम्भावना रहेकाले तत्काल पीसीआर परीक्षण गराउनसमेत सूचनामा आग्रह गरिएको छ।