बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
नेपालगञ्ज, असोज २४ : बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट दाङको घोराही उपमहानगरपालिका– ३ का १५ वर्षीय किशोर र...
नेपालगञ्ज, असोज २४ : बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट दाङको घोराही उपमहानगरपालिका– ३ का १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका–९ पिपरीका ३८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार दाङका १५ वर्षीय किशोरको उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा गएराति करिब ९ बजे मृत्यु भएको हो। निमोनियाबाट ग्रसितको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको उनले बताए।
यसैगरी, कोहलपुर नगरपालिका–९ पिपरीका ३८ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा गएराति ११ बजे मृत्यु भएको हो। श्वास प्रश्वासमा समस्या भएपछि गत असोज १३ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भई परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उपचाररत उनलाई स्वास्थ्यमा थप समस्या भएपछि शिक्षण अस्पतालले गएराति करिब १० बजे भेरी अस्पतालमा पठाएको थियो।
अस्पताल पुगेको एक घण्टामै उपचारको क्रममा मृत्यु भएको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए। योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ। यस्तै्, बाहिरी जिल्लाबाट उपचारका क्रममा बाँकेमा मृत्यु हुनेको संख्या १२ पुगेको छ।










-1791956922.jpg)
