Kathmandu Press

आईपिएलः दिल्ली शीर्ष स्थानमा, राजस्थान ४६ रनले पराजित

काठमाडौं, असोज २४ : युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा पाँचौं जित निकाल्दै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति सारजाहमा...
आईपिएलः दिल्ली शीर्ष स्थानमा, राजस्थान ४६ रनले पराजित

काठमाडौं, असोज २४ : युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा पाँचौं जित निकाल्दै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति सारजाहमा भएको खेलमा राजस्थानलाई ४६ रनले पराजित गर्दै दिल्ली पाँचौं जितसहित शीर्ष स्थानमा उक्लिएको हो ।

६ खेलमा ५ जित निकालेको दिल्ली १० अंक छ । सनराइजर्स हैदरावादसँग १५ले पराजित हुनुबाहेक दिल्लीले सबै खेल जितेको छ । यता, सुरुवाती दुई खेलमा जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट सुरुावत गरेको राजस्थानले लागतार चौथो हारको सामाना गरेको छ । 

पहिला ब्याटिङ गर्दै दिल्ली दिएको १८४ रनको लक्ष्य पछ्याएको राजस्थानले १९।४ ओभरमा अलआउट हुँदै १३८ रन मात्र बनाउन सक्यो । उसका लागि राहुल तेवातियाले सर्वाधिक ३८ रन बनाए भने यजस्वी जैसवालले ३४ रन बनाए । यस्तै, कप्तान स्टिभ स्मिथले २४ र जोस बट्लरले १३ रन बनाए । राजस्थानलाई सस्तैमा रोक्ने क्रममा कासिगो रबाडाले ३ विकेट लिए भने रविचन्द्रन आश्विन र मार्कस स्टोनिइसले समान २ विकेट लिए । 

पहिला ब्यटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १८३ रन बनायो । दिल्लीका सिम्रन हेटमेयरले २४ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ४५ रन बनाए भने स्टोइनिसले ३० बलमा ४ छक्का प्रहार गर्दै ३९ रन बनाए । यस्तै कप्तान श्रेयस ऐयरले २२ र पृथ्वी शले १९ रन बनाए । राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए ।

प्रतियोगिताअन्तर्गत शनिबार दुई खेल हुने छ । दिउँसो ३ः४५ बजे अबुधाविमा हुने खेलमा कोलकाता र पञ्जाव भिड्ने छन् भने साँझ ७ः४५ बजे दुबईमा हुने खेलमा चेन्नई र बैंग्लोर भिड्ने छन् ।

प्रकाशित मिति: १३:०५ बजे, शनिबार, असोज २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्