Kathmandu Press

भारतमा थपिए ७३ हजार कोरोना संक्रमित 

काठमाडौं, असोज २४ : भारतमा थप ७३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ७३ हजार १९६ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको...
भारतमा थपिए ७३ हजार कोरोना संक्रमित 

काठमाडौं, असोज २४ : भारतमा थप ७३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७३ हजार १९६ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६९ लाख ७७ हजार ८ पुगेको हो । संक्रमितमध्ये अहिलेसम्म ५९ लाख ८५ हजार ५०५ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ८४ हजार ५३ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७ हजार ४५० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९२९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति: १३:०३ बजे, शनिबार, असोज २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्