Kathmandu Press

सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

राजविराज, असोज २३ : सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।  रुपनी गाउँपालिका–१ का ३३ वर्षीय पुरुषको उपचारका क्रममा काठमाडौंमा मृत्यु...
सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

राजविराज, असोज २३ : सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।  

रुपनी गाउँपालिका–१ का ३३ वर्षीय पुरुषको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको रुपनीका स्वास्थ्य संयोजक रामनारायण यादवले जानकारी दिए। 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिपोर्ट नेगेटिभ आएका उनको काठमाडौंमा कोरोना पोजिटिभ देखिएको रुपनी–१ का सन्तोष यादवले जानकारी दिए।

काठमाडौंं मेडिकल कलेजमा ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो। योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।

प्रकाशित मिति: ०१:४५ बजे, शनिबार, असोज २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्