लुम्बिनी प्रदेशसभाका सभामुख घर्तीलाई कोरोना संक्रमण
बुटवल, असोज २३ : लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती मगरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको पीसीआर परीक्षणमा...बुटवल, असोज २३ : लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती मगरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको पीसीआर परीक्षणमा सभामुख घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको हो। ज्वरो आएपछि सभामुख घर्तीले बिहीबार स्वाब दिएको र शुक्रबार कोरोना पुष्टि भएको प्रेस संयोजक गणेश ओलीले जानकारी दिए।
उनका अनुसार कोरोना पुष्टि भएपछि सभामुख घर्ती घरमै आइसोलेसनमा बसेका छन्। यसअघि शुक्रबार लुम्बिनी प्रदेशका कानूनमन्त्री कुलबहादुर केसीमा पनि कोरोना पुष्टि भएको थियो। उनी पनि कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका छन्।
प्रकाशित मिति: ००:०७ बजे, शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











