Kathmandu Press

कोरोना संक्रमित आइसोलेसनमा नबसे ६ महिना कैद सजाय !

कोरोना संक्रमित आइसोलेसनमा नबसे ६ महिना कैद सजाय !
फाइल तस्वीर।

काठमाडौं, असोज २३ :  कोरोना संक्रमण पुष्टि भएका व्यक्ति आइसोलेसनमा नबसे ६ महिना कैद सजाय हुने भएको छ। 

संक्रमितहरु आइसोलेसनमा नबसेको सूचना प्राप्त भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइसोलेसनमा नबस्ने व्यक्तिलाई संक्रामक रोग ऐन अनुसार ६ महिनासम्म जेल सजाय हुन सक्ने बताएका छन्।

‘केही कोरोना संक्रमित आइसोलेसनमा नबसेको पाइएको छ। त्यस्तो अवस्थामा घरपरिवार र छिमेकीले समेत अनुगमन गरी खबर गरिदिन अनुरोध छ,’ शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा उनले भने,‘कोही आइसोलेसनमा बसेको छैन भने संक्रामक रोग ऐन अनुसार जेल सजाय हुने व्यवस्था छ। हामीले गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर आइसोलेसनमा नबस्नेलाई कारबाही गर्न भनेका छौँ।’

प्रकाशित मिति: २२:२२ बजे, शुक्रबार, असोज २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्