Kathmandu Press

थप २०५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या एक लाख नाघ्यो 

नेपालमा थप २०५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  योसँगै कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ।
थप २०५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या एक लाख नाघ्यो 
सांकेतिक तस्वीर।

काठमाडौं, असोज २३ : नेपालमा थप २०५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २०५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  एक लाख ६ सय ७६ पुगेको छ। संक्रमितमध्ये ७३ हजार २३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६०० जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर  १६८०  जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:०० बजे, शुक्रबार, असोज २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्