लुम्बिनी प्रदेशका कानूनमन्त्री केसीलाई कोरोना संक्रमण
बुटवल, असोज २३ : लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परिएको...
बुटवल, असोज २३ : लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परिएको परीक्षणमा मन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि भएको हो।
सामान्य रुघाखोकी र ज्वरो आएपछि मन्त्री केसीले पीसीआर परीक्षण गराएका थिए। कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री केसी होम आइसोलेसनमा बसेका छन्।
प्रकाशित मिति: २१:५१ बजे, शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











