Kathmandu Press

उपत्यकामा कोरोनाका सक्रिय संक्रमित १५ हजार, आईसीयू २०७ र भेन्टिलेटर ८२ मात्रै !  

कोरोनाका सक्रिय संक्रमित १५ हजारभन्दा माथि हुँदा उपत्यकाका अस्पतालमा आईसीयू बेड २०७ र भेन्टिलेटर ८२ वटा मात्रै छन्।  
उपत्यकामा कोरोनाका सक्रिय संक्रमित १५ हजार, आईसीयू २०७ र भेन्टिलेटर ८२ मात्रै !  

काठमाडौं, असोज २३ : काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातामा मात्रै काठमाडौंमा १० हजार नयाँ संक्रमित थपिएका छन्। 

बिहीबारसम्मको तथ्यांक हेर्ने हो भने काठमाडौं उपत्यकामा १५ हजार ५३८ जना सक्रिय संक्रमित छन्। संक्रमित दिन प्रतिदिन थपिँदै गएपनि अस्पतालमा आईसीयू बेड र भेन्टिलेटरको संख्या भने थपिन सकेको छैन। सक्रिय संक्रमित १५ हजार भन्दा माथि हुँदा उपत्यकाका अस्पतालमा आईसीयू बेड २०७ र भेन्टिलेटर ८२ वटामात्रै छन्।  

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार उपत्यकाभर आइसोलेसन बेडको संख्या २ हजार ४२५ मात्रै छ। निजीस्तरका १ हजार ५५ र सार्वजनिक १ हजार ३७० आइसोलेसन बेड रहेको मन्त्रालयले जनाएको छ। यस्तै, २०७ आईसीयू बेडमध्ये निजी ७२ र सार्वजनिक १३५ बेड हुन्। भेन्टिलेटर निजी अस्पतालमा २८ र सार्वजनिकमा ५२ बेड छन्। 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिडको नियमित प्रेस ब्रिफिङमा अस्पतालमा बेड अभाव हुन थालेको बताएका छन्। बढ्दो संक्रमणका कारण आइसोलेसन, आईसीयू र भेन्टिलेटरको पर्याप्त व्यवस्था नभएका कारण प्रवक्ता गौतमले प्रेस व्रिफिङमा सम्भावित खतराको संकेत गरिरहेका छन्। बिहीबारसम्म उपत्यकामा ८२ जना कोरोना संक्रमित आईसीयूमा र २७ जना भेन्टिलेटरमा छन्। आईसीयू र भेन्टिलेटर खाली नै हुँदा समेत बिरामीले बेड पाइरहेका छैनन्। 

संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरको माग समेत बढेको छ। तर, माग अनुसार आईसीयू र भेन्टिलेटर उपलब्ध नभएको चिकित्सकहरु बताउँछन्। लक्षणसहितका संक्रमितको संख्या थपिँदै गए अवस्था जटिल हुने देखिएको छ। स्वास्थ्य मन्त्रालयले भने आईसीयू र भेन्टिलेटर थप्ने प्रक्रिया अघि बढाइएको बताउँदै आएको छ।  

कहाँ कति छन्, आईसीयू र भेन्टिलेटर?

प्रकाशित मिति: २१:११ बजे, शुक्रबार, असोज २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्