गोरखाका थप १६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, असोज २३ : गोरखामा शुक्रबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १४ जना नेपाल प्रहरी रहेका छन्।गोरखा नगरपालिकाका स्वास्थ्य...
काठमाडाैं, असोज २३ : गोरखामा शुक्रबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १४ जना नेपाल प्रहरी रहेका छन्।
गोरखा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुखका अनुसार जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत १४ जनामा संक्रमण पुष्टि भएको हो।
बाह्रकिलो प्रहरी चौकीका कार्यरत आठजना प्रहरीमा संक्रमण पुष्टि भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङमा थप १४ प्रहरीमा संक्रमण पुष्टि भएको हो। कन्ट्याक्ट ट्रेसिङमा ४७ जना प्रहरीको स्वाब संकलन गरिएको थियो।
योसहित गोरखामा कोरोना संक्रमितको संख्या तीन सय आठ पुगेको छ।
प्रकाशित मिति: २०:०४ बजे, शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











