Kathmandu Press

मापदण्ड नपुगेको भन्दै कामदारको स्वास्थ्य परीक्षण गर्ने ३५ संस्थाको सूचिकरण खारेज 

काठमाडौं, असोज २३ : वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३५ संस्थाको सूचिकरण खारेज भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मापदण्ड...
मापदण्ड नपुगेको भन्दै कामदारको स्वास्थ्य परीक्षण गर्ने ३५ संस्थाको सूचिकरण खारेज 

काठमाडौं, असोज २३ : वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३५ संस्थाको सूचिकरण खारेज भएको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मापदण्ड नपुगेको ती संस्थाको सूचिकरण खारेज गरेको हो। स्वास्थ्य परीक्षणगर्ने स्वास्थ्य संस्थाले सूचिकरण हुँदा बुझाउनु पर्ने धरौटी रकम समयमै जम्मा नगरेको भन्दै असोज २० गतेको मन्त्रिस्तरको निर्णयले सूचिकरण खारेज गरेको हो। 

‘वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ क. को उपनियम (६) र (७) बमोजिम वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचिकरण हुँदा पाँच लाख रुपैयाँ नगद जम्मा गर्नुपर्ने र वैदेशिक रोजगार (पाँचौ संशोधन) नियमावली, २०७६ (राजपत्र प्रकाशन र लागू मिति २०७६/५/१) लागू हुनुभन्दा अघि मन्त्रालयमा सूचिकरण भई सकेका स्वास्थ्य संस्थाले वैदेशिक रोजगार (पाँचौ संशोधन नियमावली प्रारम्भ भएको मितिले तीन महिना भित्र नपुग धरौटी वापतको रकम २ लाख वैदेशिक रोजगार विभागमा नबुझाएकाले ३५ वटा संस्थाको सूचिकरणखारेज गरिएको छ,’मन्त्रालयले भनेको छ।

खारेजीमा परेकामध्ये ७ वटा सस्था भने मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था छन्। यी सबै संस्थालाई तत्कालिन श्रम मन्त्री गोकर्ण विष्टले वलजवस्थी स्वास्थ्य परीक्षणको अनुमति दिएका थिए। 

यी हुन्, खारेजीमा परेका संस्था

 

प्रकाशित मिति: १९:२८ बजे, शुक्रबार, असोज २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्