कोरोना संक्रमणबाट विराटनगरमा एक बन्दीको मृत्यु
काठमाडौं, असोज २३ : जिल्ला कारागार मोरङका २० वर्षीय बन्दीको काेराेना संक्रमणबाट मृत्यु भएको छ। कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको...
काठमाडौं, असोज २३ : जिल्ला कारागार मोरङका २० वर्षीय बन्दीको काेराेना संक्रमणबाट मृत्यु भएको छ।
कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको हो।
बिहीबार बिहान अस्पताल भर्ना भएका युवकमा साँझ कोरोना संक्रमण पुष्टि भएको थियो। आएसियूमा राखेर उपचार गरिनु्पर्ने युवालाई आइसियूमा बेड खाली नभएपछि आइसोलेसनमा राखिएको थियो।
जिल्ला कारागार मोरङका अनुसार उनी २०७६ माघदेखि लागूऔषध मुद्दामा थुनामा रहेका थिए।
प्रकाशित मिति: १९:१३ बजे, शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











